वडा प्रहरी कार्यालय बगरमा स्तनपान कक्ष निर्माण
पाेखरा | माघ २३, २०८०
पोखरा: वडा प्रहरी कार्यालय पोखरा १ बगरमा स्तनपान कक्ष निर्माण गरिएको छ ।
शिशु भएका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तह र जनसहभागिताको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो ।
उक्त कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरे ।
सो अवसरमा बोल्दै एसपी थापाले सेवाग्राहीको सहजताकालागि निर्मित सो कक्ष निकै महत्वपूर्ण रहेको धारण व्यक्त गरे ।
यस्तै वडाध्यक्ष प्रधानले उक्त कार्यको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका पदाधिकारी, पोखरा १ का जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

